Comments Add Comment

कुवेतमा ‘बेचिएकी’ पाँचथरकी बिमलाको उद्धार

२३ साउन, काठमाडौं । कुवेतमा ‘बेचिएकी’ पाँचथरकी बिमला न्यौपानेको उद्धार भएको छ ।

चार महिनाअघि भारत हुँदै कुवेतमा बेचिएकी न्यौपानेको गृहमन्त्री जनार्दन शर्माको पहलमा उद्धार गरिएको हो ।

उद्धार गरी काठमाडौं ल्याइएपछि पीडित न्यौपाने श्रीमानसहित गृह मन्त्रालय पुगेर मन्त्री शर्मासँग भेट गरेकी छन् । शर्मा गृहमन्त्री भएसँगै स्थापना गरिएको गुनासो व्यवस्थापन कक्षमा श्रीमान नवीन शर्माले उजुरी गरेपछि उनको उद्धार प्रक्रिया सुरु भएको थियो ।

२०७३ चैत्रमा जोर्डन जानका लागि अन्तर्वार्ता दिन काठमाडौं आएकी न्यौपानेलाई दलालले दिल्ली हुँदै कुवेत पुर्‍याएका थिए ।

आफुलाई शसस्त्र प्रहरीको पुर्व कर्मचारी बताउने भक्तबहादुर बिष्टमार्फत कुवेत पुगेकी न्यौपानेका अनुसार दलाल विष्टले उनलाई दिल्लीमा केहिदिन राखेर कुवेत पुर्‍याएका थिए ।

‘त्यहाँ मलाई एउटा घरमा राखियो, घरमालिकले मलाई १२ सयमा किनेको भन्दै उनीहरुले भने अनुसारका काम गर्न बाध्य बनाए’ बिमलाले भनिन, ‘त्यहाँ मलाई खान समेत नदिइकन कुटपिट गरियो ।’

बिमलाका अनुसार भक्तवहादुरको समुहले कुवेतमा कार्यालयनै खोलेको छ । भावुक हुँदै उनले भनिन्, ‘एउटा घरमा दुई महिना काम गरेपछि भागेर एजेन्टको कार्यालयमा जाँदा आफूलाई अपशब्द बोलेर त्यहाँका कर्मचारीले गाली गर्दै फेरी अर्को घरमा काम गर्न पठायो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment