+
+

जनजाति नेता शेर्पा कुबेत आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २३ गते १७:३३

७ अगष्ट, कुबेत । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा कुबेत आउने भएका छन् ।

२३ औं विश्व आदिवासी जनजाति दिवसका अवसरमा महासंघ कुवेत शाखाको आयोजनामा आउदो शुक्रबार हुने कार्यक्रमा सहभागी हुन शेर्पा कुबेत आउन लागेका हुन् ।

शेर्पाले कार्यक्रमको प्रमुख अतिथीका रुपमा सहभागी हुने शाखाका महासचिव अमृत तामाङ्गले जानकारी दिए ।

२३ औ जनजाति दिवसका लागि कुबेतमा सम्पूर्ण तयारी पूरा भइसकेको जनाइएको छ । कुवेतमा क्रियाशील ८ ओटा जातीय संस्थाहरु तामाङ्ग घेदुंग, तमु समाज, मगर संघ, राई योयाख्हा, किराँत याथ्थुंग, तमु प्ले संघ,नेवा गुठि र सुनुवार सेवा समाजले आ-आफ्नो सस्थाको तर्फबाट जातीय पहिचान झल्किने झाँकी, भेषभुषा, कला संस्कृतिको प्रदर्शन हुने आयोजकले जानकारी दिएको छ ।

‘विश्वभरका आदिवासी जनजाति एक हौ’, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागिता अनि आफ्नो धर्म, लिपी, भेषभूषा, कला र संस्कृतिलाई सम्मान गरियोस् भन्ने मागका साथ विश्वभरका आदिवासी जनजातिहरुले हरेक वर्ष यो दिवस मनाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?