Comments Add Comment

जाजरकोटका एक युवकले मलेसियामा झुण्डिएर आत्महत्या गरे

९ अगस्ट मलेसिया । जाजरकोटका एक युवकले मलेसियामा झुण्डिएर आत्महत्या गरेका छन् ।

मलेसियाको मलका कम्पनीमा कार्यरत त्रिवेणी नलगाड नगरपालिका-४ जाजरकोटका २३ वर्षीय उपेन्द्र रावलले आत्महत्या गरेका हुन् ।

रावल मंगलबार विहान ८ बजे आफू कार्यरत कम्पनी नजिकैको कोठमा झुण्डिएर आत्महत्या गरेको उनीसंगै कार्यरत मनोज खड्काले जानकारी दिए ।

रावल डेढ वर्ष पहिले वैदेशिक रोजगारका लागि मलेसिया पुगेका थिए । उनको शव पोष्टमार्टमका लागि मलका हस्पिटलमा राखिएको छ ।

उनको शव नेपाल ल्याउन नेपाल एम.बी.सी. र जनप्रगतिशील मञ्च मलेसियाले पहल गरिरहेको जनप्रगतिशील मञ्च मलेसियाले जनाएको छ ।

नरेश रानामगरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment