Comments Add Comment

एइसीसी ग्लोबलको ‘अष्ट्रेलियन एजुकेशन डे’ काठमाडौंमा सम्पन्न

बिहीबार पोखरा र शुक्रबार चितवनमा पनि हुने

२५ साउन, काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि बिदेश जाने विद्यार्थीहरुलाई परामर्श र शिक्षण सेवा दिँदै आएको एइसीसी ग्लोबलले बुधबार काठमाडौंमा एक दिने अष्ट्रेलियन एजुकेशन डे आयोजना गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा २७ ओटा अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ७ सयभन्दा धेरै विद्यार्थीहरुले अष्ट्रेलिया अध्ययनका अबसरबारे चासो दिँदै परामर्श सेवा लिएका थिए ।

‘अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्येक्ष भेटी विद्यार्थी तथा अभिभावकमा भर्ना, छात्रबृत्ति र भिषा डक्यूमेन्टेशन लगायतका बारेमा रहेका जिज्ञासा तथा दुविधा हताउने उद्देश्यका साथ हामीले बर्षमा दुइपटक यस्ता कार्यक्रमको आयोजना गर्ने गरेका छौँ ।’ एइसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेशकुमार झाले भने,’विद्यार्थीहरुले विश्वविद्यालयको भ्रमण गर्न नसक्ने अवस्था समेतलाई दृष्टिगत गरी हामीले विश्वविद्यालयकै आधिकारिक प्रतिनिधिलाई उनीहरुमाझ उपस्थित गराउने गरेका छौं ।’

कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री एवंम शिक्षा मन्त्री गोपालमान श्रेष्ठले गरेका थिए भने नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर बड प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

बिहीबार पोखराको होटल पोखरा ग्राण्ड र शुक्रबार चितवनको होटल रोयल सेन्चुरीमा पनि अष्ट्रेलिया एजुकेसन डे आयोजना हुने छ ।

पोखरामा १४ र चितवनमा १० ओटा विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थित रहने एइसीसीले जनाएको छ ।

सन् २००८ मा स्थापित एईसीसी ग्लोबलको प्रधान कार्यालय अष्ट्रेलियाको मेल्बर्नमा अवस्थित छ । हाल संस्थाले ८ देशका २३ ओटा शहरबाट आफ्नो सेवा प्रदान गरिरहेको छ । अष्ट्रेलियाका साथै, एईसीसीले न्यूजील्याण्ड, क्यानेडा, यूएसए र यूकेबाट पनि सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment