Comments Add Comment

‘ट्यूबलाइट’ असफल भएपछि सलमानले वितरकलाई ३२ करोड फिर्ता गरे


नायक सलमान खान अभिनित चलचित्र ‘ट्यूबलाइट’ले इदमा निकै कमजोर व्यापार गर्‍यो । चलचित्र असफल हुँदा यसका वितरकले ६५ करोड भन्दा बढी घाटा सहनुपर्‍यो । वितरक चुर्लुम्ब डुबेपछि उनीहरुले सलमानसँग राहतका लागि हारगुहार नै गरे ।

सलमानले यो चलचित्र रिलिज अगावै वितरकलाई वेचिसकेकाले पनि उनलाई कुनै घाटा लागेन । तर, भारतमा चलचित्र वितरणको जिम्मा लिएका वितरकलाइ भने ६५ करोड घाटा लाग्यो ।

चलचित्र रिलिज भएको केही समयपछि सलमानले वितरकलाई बोलाएर घाटा भएको रकमको आधा रकम तिर्ने वाचा गरेका थिए । सोही वाचा अनुसार उनले वुधबार वितरकलाइ ३२.५ करोड दिएका छन् ।

यसअगाडि नायक साहरुख खानले चलचित्र ‘दिवलाले’ भारतका केही शहरमा घाटामा जाँदा वितरकलाई केही रकम फिर्ता गरिदिएका थिए । उनै, साहरुख अभिनित चलचित्र ‘जब हेरी मेट सेजल’बाट पनि वितरकलाई करिब ५० करोड घाटा हुने देखिएको छ । साहरुखले पनि वितरकको घाटा रकम चाडै नै तिर्ने संकेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment