Comments Add Comment

राणा समूहको दाबीः हामीसँग ७५ केन्द्रीय सदस्य छन्

'रेखा थापाको हस्ताक्षरमा तोक लागिसकेको छ'

२६ साउन, काठमाडौं । निर्वाचन आयोगमा ४० प्रतिशत केन्द्रीय सदस्यहरु नपुगेको दाबीलाई पशुपति समशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)ले अस्वीकार गरेको छ ।

राप्रपा प्रजातान्त्रिकका एकजना नेताले अनलाइनअखबरसँग भने- ‘हामीसँग २० जना सांसदहरु छन् । र, ६६ जना केन्द्रीय सदस्यहरुले निर्वाचन आयोगमा हस्ताक्षर बुझाइसकेका छन् ।’

निर्वाचन आयोगमा सुरुमा ६६ जनाको हस्ताक्षर बुझाएको र अहिले करीब ७५ जनाले हस्ताक्षर बुझाइसकेको ती नेताले दाबी गरे । उनले भने- ‘दिनहुँ साथीहरुले आयोगमा पुगेर हस्ताक्षर गरिरहनुभएको छ र आयोगका कर्मचारीले तोक लगाउँदै दर्ता गरिरहेका छन् । रेखा थापाको हस्ताक्षरमा पनि तोक लागिसकेको छ, उनको हस्ताक्षर चल्दैन भन्नु हास्यास्पद हो ।’

पूर्वराप्रपा समूहबाट जयन्त बहादुृर चन्द र पर्शुराम तामाङ बाहेक सबै सांसदहरु राणा पक्षमा रहेको उनले बताए । त्यस्तै कमल थापा समूहका रेशम लामा, विराज बिष्ट, रामकुमार सुब्बा, बबिना मोक्तान, धानु महरा लगायत १० जना आफूतिर रहेको राणा समूहको दाबी छ ।

पछिल्लो समयमा दिनहुँजसो केन्द्रीय सदस्यहरुले आयोगमा गएर हस्ताक्षर बुझाइ रहेको र अहिलेसम्म करिब ७५ जना सदस्यले राणालाई सघाइसकेको ती नेताले दाबी गरे । तर, दुबै समूहबाट मानिसहरुको तानातान भइरहेकाले सबैको नाम सावर्जनिक नगर्ने ती विद्रोही नेताले तर्क गरे ।

‘कमल थापा र पशुपति समशेरवीच तानातान भइरहेको छ, त्यसैले सबैको नाम एक्स्पोज गर्न मिल्दैन, राणा समूहका ती नेताको दाबी छ,- ‘ढुक्क हुनोस् हाम्रो ४० प्रतिशत आरामले पुग्छ ।’

राप्रपाको १६३ सदस्यीय केन्द्रीय समितिमध्ये सुरुमा ११९ जना सदस्य नियुक्त भएको र ५ जना बाहिरिएपछि अध्यक्ष कमल थापाले ४२ नियक्त गरेपछि १५६ जना केन्द्रीय सदस्यको गणना हुने उनले बताए ।

यो पनि पढ्नुस् 

निर्वाचन आयोगमा राणाको दाबी पुगेन, नयाँ राप्रपाले मान्यता नपाउने संकेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment