Comments Add Comment

राजपा नेताहरु बालुवाटारमा, संशोधन अघि बढाउन तयार

के कुराकानी भयो स्वराजसँग ?

२७ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टी संविधान संशोधन विधेयक अघि बढाउन तयार भएको छ । राजपाका शीर्ष नेताहरुले केहीबेरमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संशोधन विधेयक निर्णयार्थ पेश गर्न आग्रह गर्दैछन् ।

बिहीबार अबेर राजपा नेताहरु र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको थियो । बिमस्टेक बैठकमा सहभागी हुन काठमाडौं आएकी स्वराजले राजपाका अध्यक्ष मण्डलका शीर्ष छ नेतासँग सामुहिक छलफल गरेका थिइन् ।

त्यो भेटको भोलिपल्टै राजपाका शीर्ष नेताहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् । यद्यपि यो भेट पूर्व निर्धारित भएको नेताहरु बताउँछन् ।

प्रधानमन्त्री देउवालाई भेट्नु अघि राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले अनलाइनखबरसँग भने, ‘संविधान संशोधन प्रक्रिया अघि बढाउन भन्छौं ।’

के कुराकानी भयो स्वराजसँग ?

बिमस्टेक बैठकमा भाग लिन बिहीबार मात्र काठमाडौं आएकी भारतीय विदेशमन्त्री स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरिसकेकी थिइन् । त्यो भेटमा संविधान संशोधन, आसन्न चुनाव लगायतका विषयमा कुराकानी भएको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले भारत भ्रमणपछि संशोधन अघि बढाउने संकेत दिएका थिए, जुन कुरा स्वराजले राजपा नेताहरुसँग पनि शेयर गरिन् ।
तर, राजपा नेताहरुले भने तत्काल संशोधन अघि नबढाए चुनावमा जान गाह्रो हुन बताएका छन् । प्रधानमन्त्री भारतबाट फर्किएपछि संशोधन अघि बढाउँदा चुनावको तयारीका लागि आफूले समय नै नपाउने उनीहरुको तर्क थियो ।

राजपा नेता राजकिशोरले भने भारतीय विदेशमन्त्री स्वराजसँग सामान्य कुराकानी भएको बताए । ‘अहिलेको राजनीतिक परिस्थितिबारे कुराकानी भयो’ उनले भने ।

चुनावबारे केही कुराकानी भयो भन्ने प्रश्नमा उनले भने, ‘जे निर्णय लिने तपाईहरु लिनुस् । आफ्नो हित हेरेर निर्णय लिनुहोला भन्ने उहाँको कुरा थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment