Comments Add Comment

मोरङ जिससमा एमाले-माओवादी-फोरम गठबन्धन

२७ साउन, विराटनगर । जिल्ला समन्वय समिति (जिसस) मोरङको निर्वाचनको कांग्रेस बाहेकका दलहरुले गठबन्धन गरेका छन् ।

एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकले गठबन्धन गरी उम्मेदवारी दर्ता गरेका हुन् ।

शनिबार हुने जिससको निर्वाचनको लागि एक्लै कसैको बहुमत नपुग्ने भएपछि एमालेले गठबन्धन गराएर उम्मेदवारी दर्ता गरेको छ भने कांग्रेसले एक्लै उम्मेदवारी दर्ता गरेको छ ।

गठबन्धनबाट एमालेका तर्फबाट संयोजकमा नरेशप्रसाद पोख्रेल, उपसंयोजकमा माओवादीको तर्फबाट प्रकाशकुमार साहले उम्मेदावरी दर्ता गरेका छन् ।

कांग्रेसबाट संयोजकमा सत्यनारयण पण्डित र उपसंयोजकमा सुनिलप्रसाद दाहालले उम्मेदावरी दर्ता गरेका छन् ।

संयोजक र सहसंयोजक मध्ये एक जना हुने भएपनि कांग्रेसबाट दुवै जना उम्मेदवार पुरुष छन् । यसो हुँदा उपसंयोजकमा उम्ममेदवारी दिएका दाहालको उम्मदवारी रद्द हुने निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।

दाहालको उम्मेदवारी रद्द भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका माओवादी केन्द्रका प्रकाशकुमार साह निर्विरोध हुने मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।

मोरङमा एमालेको १४, लोकतान्त्रिक फोरमको ३, माओवादी केन्द्रको २ संघीय समाजवादी फोरमको २ गरी चुनावी गठबन्धनसँग २१ भोट रहेको छ भने एक्लै निर्वाचनमा होमिएको काँग्रेसको १३ भोट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment