Comments Add Comment

जिसस कैलालीको संयोजकमा एमालेका थापा निर्बिरोध


२७ साउन, कैलाली । जिल्ला समन्वय समिति (जिसस) कैलालीको संयोजकमा एमालेका सुर्यबहादुर थापाको मात्रै उम्मेदवारी परेपछि निर्बिरोध भएका छन् ।

थापा लम्कीचुहा नगरपालिका-१ बाट स्थानीय तह चुनावमा सदस्यमा निर्वाचित भएका थिए ।

९ सदस्यीय जिल्ला समन्वय समितिमा एमालेेले संयोजक, सहसंयोजक गरी ६ सदस्य र फोरम लोकतान्त्रिकले ३ सदस्य पाउने सहमति गरे पछि अन्य दलको उम्मेदवारी नदिएका हुन् ।

अरुको उम्मेदवारी नै नपरेपछि एमाले फोरम लोकतानित्रक गठबन्धनका थापा निर्बिरोध भएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

सहसंयोजकमा गौरीगंगा नगरपालिका-५, बाट महिला सदस्यमा निर्वाचित सुन्दरीदेवी थारु र सदस्यहरुमा खुल्ला तर्फ एमालेबाट टिकापुर नगरपालिबाट निर्वाचित सदस्य ललित साउँद, गोदावरी-५, बाट निर्वाचित सदस्य टेकबहादुर बुढा, महिला सदस्यका लागि धनगढी उपमहानगरपालिकाबाट सदस्यमा निर्वाचित देवी भण्डारी, दलित महिला सदस्यका लागि घोडाघोडी नगरपालिकाकी सदस्य मालती सार्की बिक उम्मेदवारी परेको छ ।

फोरम लोकतान्त्रिककातर्फबाट खुला सदस्यमा जोशीपुर गाउँपालिका-४, बाट निर्वाचित बिष्णु चौधरी, महिला सदस्यमा भजनी नगरपालिका-१, बाट निर्वाचित राजकुमारी महतो र लम्की-चुहा नगरपालिका-७, बाट सदस्यमा निर्वाचित मिनादेवी चौधरीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत महराले जानकारी दिए ।

एमालेलेलाई कैलालीमा जिल्ला समन्वय समिति गठनका लागि एक मत कम थियो । कैलालीका १३ वटा स्थानीय तहमध्ये एमालेले ७ मा प्रमुख तथा ६ मा उपप्रमुख जितेको थियो भने फोरमले एक स्थानीय तहमा जितेको थियो ।

जिसस चुनावमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ । नेपाली काँग्रेस र माओवादी केन्ऽसंग ११ मत मात्रै रहेका छन् । काँग्रेस र माओवादीले तालमेत गर्दा पनि बहुमत नपुग्ने देखेपछि उनीहरुले उम्मेदवारी नदिएको बताइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment