+
+
Shares

सुर्खेतमा पहिरोले घर बगायो, एकै परिवारका तीन जनाको मृत्यु

पहिरो खस्दा रत्न राजमार्ग ठप्प

टेकबहादुर ओली टेकबहादुर ओली
२०७४ साउन २९ गते ८:३१

२९ साउन, सुर्खेत । शुक्रबार राति देखिको अविरल वर्षापछि आएको पहिरोले घर बगाउँदा सुर्खेतमा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

सदरमुकाम वीरेन्द्रनगरबाट पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पहिरोले घर बगाउँदा गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उनका १४ वर्षीय नाती बिक्रम बुढा र १२ वर्षीय सरन बुढाको मृत्यु भएको छ ।

गएराति १२ बजेतिर गएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ ।

पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आज विहान निकालेको छ ।

रत्नराजमार्ग पनि अवरुद्ध

फाइल तस्वीर

लगाताकारको वर्षाले रत्नराजमार्ग अन्तरगत हर्रे–कोहलपुर सडक खण्डमा पहिरोजाँदा सडक अवरुद्ध भएको छ ।  भेरीगंगा नगरपालिकाको हर्रे नजिकै गएराति पहिरो जाँदा सवारीसाधन ठप्प भएका छन् ।

सुर्खेत प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि यात्रुहरुलाई सास्ती भएको छ । बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको छिन्चु प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?