Comments Add Comment

कैलालीका पूर्वी क्षेत्र डुबानमा

२९ साउन, कैलाली । हिजोदेखि परेको अविरल बर्षाले नदीको सतह बढ्दा कैलालीका पूर्वी क्षेत्र डुबानमा परेका छन् ।

कैलालीको टीकापुर नगरपालिकाको मुख्य बजार क्षेत्र, जानकी गाउँपालिकाका भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिका र घोडाघोडी नगरपालिकाका अधिकांश भू–भाग डुबानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

उनले मोहना, कान्द्रा, पथरैया, काँडा र कर्णाली नदीको सतह बढ्दै गएको बताउँदै नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित रहन मातहतका कर्मचारीहरुलाई निर्देशन दिइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment