Comments Add Comment

कलाकार संघले सुरु गर्‍यो ‘राहत कोष’


देशको पूर्वी तथा पश्चिम क्षेत्रमा शुक्रबार रातीदेखि परेको भिषण बर्षाका कारण जनजिवन अस्तव्यस्त बनेको छ । तराइमा अविरल पानी पर्दा बाढी पहिरोको समस्या पनि सुरु भएको छ ।

देशभर ३५ भन्दा बढीको निधन भैसकेको छ । घर-घरमा पानी पसेपछि खाना र बस्नका लागि समेत समस्या देखिएको छ । यस्तो अवस्था देशका विभिन्न क्षेत्रबाट सहयोग सुरु भएको छ ।

यसैविच, चलचित्र कलाकार संघले ‘राहत कोष’ स्थापना गरेको छ । सुरुमा ‘प्रधानमन्त्री दैविक प्रकोप कोष’मा संघको तर्फबाट ६५ हजार सहयोग गर्ने निर्णय गरिएको थियो ।

तर, पछि आफै कलाकार संघले राहत कोष स्थापना गरेर सहयोग जुटाउन थालेको हो । कलाकार संघका अध्यक्ष रामकेशर बोगटीका अनुसार, अब विभिन्न क्षेत्रबाट राहत कोषका लागि उपलब्ध सामाग्री र नगद आफै प्रभावित क्षेत्रमा पुगेर वितरण गर्ने योजना कलाकार संघको छ ।
कलाकार संघका अनुसार अहिलेसम्म मह संचारबाट नगद १ लाख र कलाकार किरण केसीको तर्फबाट नगद १ लाख राहत कोषमा जम्मा भैसकेको छ । कलाकार संघ आफैले ६५ हजार नगद राखेर कोष स्थापना गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment