Comments Add Comment

बाढीपीडितलाई अस्थायी आवासको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन


२९ साउन, काठमाडौं । सहरी विकास मन्त्री प्रभु साहले बाढी प्रभावित क्षेत्रका जनताका लागि अस्थयी आवासको यवस्था मिलाउन निर्देशन दिएका छन् ।

उनले प्रभावित क्षेत्रबाट उद्धार गरिएकाहरुका लागि सुरक्षित आवासको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

‘सबै डिभिजनहरु उच्च सतर्कतामा बस्नुहोस्, विदामा बसेका कर्मचारीहरु तुरुन्तै कार्यक्षेत्रमा जानुहोस्’ उनले भने, ‘आवाससँग सम्बन्धित महाशाखाले आवासको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था र निकायको एकीकृत कार्ययोजना बनाएर तुरुन्तै काम थाल्नुहोस् ।’

उनले बाढी प्रभावित क्षेत्रका जनताका लागि तीन चरणमा काम गर्न निर्देशन दिएका छन् । ‘पहिलो ओतविहीन पीडित जनताको लागि तुरुन्तै सुरक्षित आवासको प्रबन्धगर्नु पर्छ’ मन्त्री साहले भने ‘दोश्रो अस्थायी रुपम ासुरक्षित आवासको व्यवस्था गर्ने र तेश्रो स्थायी रुपमा निजी आवासको लागि दीर्घकालीन योजना बनाएर लाग्नुपर्छ ।’

मन्त्री साहले उद्धार गरिएकाहरुलाई सुरक्षित खानपान र पालको व्यवस्थासहित स्वास्थ्योपचारका लागि सम्बन्धित निकायसँग समन्वय गरी तत्कालै खट्न पनि भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment