+
+
Shares

चितवनमा खोलाले बगाएर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २९ गते १२:१९

२९ साउन, चितवन । पूर्वी चितवनको पम्फा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नः ७ निवासी ३५ बर्षीया गुमानकुमारी रानालाई शनिबार साँझ खोलाले बगाएको थियो ।

बंगर र्फमबाट घर र्फकदै गर्दा रानालाई बगाएको थियो । उनको शव राप्ती नगरपालिका वडा न ८ भवानीबजारमा आइतबार बिहान भेटिएको थियो ।

यसैबीच पूर्वी चितवनको रत्ननगर नगरपालिका-३ शान्तिचोकस्थित बन्सी टोलमा कयर खोला पसेको छ । खोलाले करिव ४० घर डुबानमा परेको स्थानीय बताएका छन् ।

घरभित्र पानी पसेपछि खाद्यान्न, लत्ताकपडा लगायतमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापा घटनास्थल पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?