
२९ साउन, परासी । तीन दिनदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक सञ्चालनमा आएको छ । आइतबार दिउँसोबाट सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
लगातारको वर्षाका कारण नवलपरासीको दाउन्ने क्षेत्रमा पहिरो गएर सडक भासिएको थियो । विभिन्न स्थानमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको थियो ।
विनयी-त्रिवेणी गाउँपालिका र बर्दघाट नगरपालिका क्षेत्रमा पर्ने दाउन्नेमा पहिरो गएपछि राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रुहरु अलपत्र परेका थिए । अहिले पालैपालो गाडी पठाउन सुरु गरिएको छ ।
शुक्रबार राति साढे १० बजेतिर बर्दघाट-४ एस मोड लगायतका ठाउँमा पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4