२९ साउन, काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवा विस्तार गर्न चालू आर्थिक वर्ष २०७४/७५ मा २२ अर्व रुपैयाँ पूँजीगत लगानी गर्ने घोषणा गरेको छ । आइतवार आयोजित पत्रकार सम्मेलनमा टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले उक्त घोषणा गरेकी हुन् ।
चालू आवमा विभिन्न कार्यक्रममार्फत १७ प्रतिशत नयाँ ग्राहक विस्तार गर्ने टेलिकमको योजना रहेको राजभण्डारीले बताइन् । हाल टेलिकमको ग्राहक संख्या २ करोडको हाराहारीमा छ ।
सेवा विस्तार तथा गुणस्तर सुदृढीकरण लगायतका माध्यमबाट आगामी दिनमा बजर विस्तारलाइै तिब्रता दिइने टेलिकमले जनाएको छ ।
टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले चालु आवभित्र एक करोड जीएसएम प्रोजेक्ट अन्तर्गतका कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिइन् ।
ग्राहकहरुलाई रुची र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्रदान गर्न फोरजी एलटीईको बोलपत्र आह्वान गर्ने कार्य अन्तिम चरणमा पुगेको टेलिकमले जनाएको छ ।
सो अवसरमा सञ्चारमन्त्री बस्नेतले नागरिक दैनिकका सञ्चारकर्मी द्वय सन्तोष न्यौपाने (काठमाडौ) र सन्तोष पोखरेल (पोखरा) लाई संयुक्त रुपमा र गोरखापत्र दैनिकका सञ्चारकर्मी विश्वास रेग्मीलाई सम्मान गरेको थियो ।
कम्पनीले नेपालका आमसञ्चार माध्यममा नेपाल टेलिकमको सेवा, सुविधा सम्बन्धमा उत्कृष्ट सामग्री प्रकाशन/प्रसारण गर्ने दुई जना आमसञ्चारकर्मीलाई छनोट गरी सम्मान गरेको हो ।
प्रतिक्रिया 4