+
+
Shares

यस्तो छ ‘फाटेको जुत्ता’को टिजर पोष्टर

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३० गते ९:२०


निर्माता अर्जुन कुमारले आफूले निर्माण गरेको चलचित्र ‘फाटेको जुत्ता’को टिजर पोष्टर सार्वजनिक गरेका छन् । सार्वजनिक टिजर पोष्टरमा चलचित्रका मुख्य कलाकारलाइ देखाइएको छैन । एउटा मुख बाधिएको बोरा र फाटेको जुत्ता लगाएका मानिसको खुट्टा मात्र देखाएर पोष्टर तयार पारिएको छ । यो पोष्टरले दर्शकमा कौतुहलता जन्माउन सक्छ ।

कात्तिक १७ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, वुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ । पूर्णतया कमेडी कथामा यो चलचित्र बनेको अर्जुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?