Comments Add Comment

कृष्ण स्वरुपको अर्थ, किन बोक्छन् मुरली र शंख ?

आज कृष्ण जन्माष्टमी । भगवान श्रीकृष्णको बारेमा अनेक किस्सा छन् । १६ सय गोपिनीसँग प्रेमिल सम्बन्ध गाँस्ने श्रीकृष्णको अति गरिब सुदमासँग घनिष्ठ मित्रता थियो । बिद्वताको कुरामा होस् वा रोमान्सको प्रसंगाम, श्रीकृष्ण एक कदम अघि छन् । उनको यो सप्तरंगी छवी अहिलेका पुस्ताका निम्तिी पनि आदर्श बनेको छ ।

असत्यको अन्त्य गर्न कृष्णको उदय

अवतार दुई संस्कृत शब्दको संयोजन हो । ‘आवा’ जसको अर्थ हो आगमन र ‘तारा’ जसको अर्थ हो स्टार । कृष्णको जन्म कंसको अन्त्य एवं खराब प्रवृत्तिको समाप्तीका लागि भएको मानिन्छ । नाताले कंस कृष्णका साख्खै मामा थिए ।

भान्जाको हातबाट आफ्नो मृत्यु हुन्छ भनेपछि कंशले बहिनी-ज्वाईलाई जेलमा थुनेका थिए । त्यही जेलमा कृष्णको जन्म भयो । र, उनका पिताले एकदमै सुरक्षात्मक र अनौठो ढंगले जेलबाट बाहिर निकाले । जबकी जेलमा सातवटा ढोका थियो भनिन्छ । र, हरेकमा सैनिक राखिएको थियो ।
जसै भगवान कृष्णको जन्म भयो, त्यही क्षण उनी समस्यामा परे । यद्यपी ति सबै समस्यासँग जुध्दै उनी हुर्कन्छन् । उनको जन्म तिथी, उनको स्वरुप, लिला सवै अर्थपूर्ण छ ।

किन कालो ?

अक्सर कृष्णलाई गाढा निलो रंगको देखाइन्छ । कृष्णको अर्थ नै कालो वा श्याम भन्ने हुन्छ । यसको खास अर्थ चाहि साधकहरु आत्माचिन्तनमा प्रवेश गर्नका लागि उनीहरुले आफ्नो दृष्टि आफैभित्र फर्काउन आवश्यक हुन्छ । बाहिरी आँखा बन्द गर्नुपर्छ । बाहिरी आँखाले रंगिन संसार देखिन्छ, भित्री आँखाले सत्य । सत्यतर्फ र्फकदा सुरुवातमा अनुभूत हुने तत्व अन्धकार वा अध्याँरो हो भनी एक आलेखमा उल्लेख छ ।

आफैभित्रको दुर्गुण

त्यसमा भनिएको छ, ‘कृष्णको वर्ण कालो अर्थात निराकारमय छ ।’ जब साधक आफैभित्र प्रवेश गर्छन्, उनीहरुले आफुभित्रको अध्याँरो पक्ष पनि देख्न थाल्छन् । मभित्र राक्षस, नाग जस्तो विषालु चिज पनित छ । पशुवत प्रवृत्ति पनि छ । काम, क्रोध, लोभ, ईष्र्य, द्वेष, अहंकारहरु छन् । आफुभित्रका यहि प्रवृत्ति अनुभूत हुँदै गएपछि आफैभित्र प्रकट हुने ओकारमय परमसंगीत र आत्मतत्व पनि बोध गराइन्छ ।

किन मुरली, किन शंख

उनको हातमा मुरली वा शंख बोकेको देखाइन्छ । युद्धको उद्घोष गर्ने बेला उनको हातमा शंख देखिन्छ । र, रसिक अवस्थामा चाहि मुरली ।

आफैभित्रको निराकारबाट ध्यानिहरु गुञ्जन थाल्छ वा त्यसको अनुभूत हुन थाल्छ, बाहिर र भित्रको ध्वानी एकाकार हुँदै जान्छ । यस्तो अवस्थामा भक्ति, संगीत, नृत्य र मनोरञ्जनमय हुन्छ । वासना गौण हुन्छ । यसलाई मुरलीको धुन सुनिरहेका गोपिनीहरुको रासलिलाको रुपमा चित्रण गरियो ।
कृष्णले युद्धका समयमा शंख बोकेको देखाइन्छ । यो अवस्था भनेको साधक सांसरिक सुखभोगबाट माथि उठिसकेको अवस्था हो ।

कृष्ण स्वरुपको अर्थ


के भनिएको छ भने, कृष्ण एक व्यक्ति नभएर समस्त सृष्टिको परमशक्तिको प्रतिक हो । उनको रुप र विभिन्न क्रियाकलापबाट एउटा मानिस मावन, साधक हुँदै भगवान हुनपुग्छ भन्ने दर्शाइएको हो । अतः कृष्ण जन्माष्टमी त्यही साधनाको चरणमा प्रवेश गर्ने एउटा अवसर हो भनिन्छ । यद्यपी अहिले यो कर्मकाण्डी रुपमा मनाउन थालिएको छ ।

अध्याँरो र अध्यात्म

कृष्ण पक्षलाई ज्योतिषीय हिसाबले अध्याँरो र शुक्त पक्षलाई उज्यालो पक्षको रुपमा लिइन्छ । औंसी पक्ष अन्धरकारमय एवं कालो हुन्छ । त्यसैगरी शुक्लपक्ष ज्योतिमय हुन्छ । कृष्ण पक्ष अध्यात्म साधनाका दृष्टिले सुरुवात गर्ने समय हो भनी उल्लेख छ । अष्टमी यो पक्षको ठीक मध्यमा पर्छ ।
कृष्ण अष्टमीको अघिल्लो दिन उपवास बसिन्छ । यसरी उपवास बसेर निराकारको साधनामा प्रवेश गर्नेहरुका लागि अन्धकार रात्री महत्वपूर्ण हुन्छ ।

नामको अर्थ

भगवान कृष्णको अन्य ६ जना दाजु जन्मिएका थिए, जसलाई कंसले मारिदिए । भनिन्छ, एक पटक देवकीले आफ्ना सवै मृत्त पुत्रलाई फिर्ता गर्नका लागि कसंलाई भनेका थिए, ताकी उनले आफ्नो छोराहरु देख्न पाउन् ।

छोराहरुको नाम स्मर, उदगी, पेरिसवंगा, पटंगा, कुसुब्रट र घर्नी थियो । यसलाई विभिन्न मानव इन्दि्रयको रुपमा जानिन्छ । स्मरको अर्थ स्मृति, उदगीको अर्थ बोली, पेरिसविगको अर्थ सुन्नु आदि । उनीहरुको मृत्युपछि कृष्णको जन्म भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment