+
+
Shares

रौतहटमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, अर्बौंको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३० गते १४:१०

३० साउन, रौतहट । रौतहटमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । अन्य क्षतिको एकिन विवरण संकलन हुन बाँकी रहे पनि अर्बौंको क्षति भएको अनुमान छ ।

बजार पसल, खेतबारी सबै डुबानमा परेका छन् । सदरमुकाम गौरमा एक फिटसम्म पानी जमेको छ ।

क्षति नभएको घर भेटाउन मुस्किल छ । घरभित्र समेत ५ फिटसम्म पानी जमेको छ । बाढीका कारण ३०० भन्दा बढी घर गोठ भत्किएर ढलेको अनुमान छ ।

पानीको सतह घट्ने क्रममा रहे पनि स्थानीयबासी ढुक्क हुन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?