+
+
Shares

बाढीले बगाएका बिराटनगरका तीन युवाको शव जोगवनीमा भेटियो

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७४ साउन ३० गते १५:३३


३० साउन, बिराटनगर । लगातारको वर्षापछि आएको बाढीले बगाएका बिरानगरका तीन युवाको शव भारतको जोगवनी क्षेत्रमा भेटिएको छ ।

भेलले बगाएर ल्याएको शव रेल वे स्टेशन नजिकै भेटिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।

उनका अनुसार बिरानगर वडा नम्बर १४ का ३० वर्षीय रोशन लुइटेल, वडा नम्बर १३ का २८ वर्षीय मनोजकुमार पासवान र वडा नम्बर १२ का २० वर्षीय निश्चल घिमिरेको शव भेटिएको हो । उनीहरुलाई शनिबार बाढीले बगाएको थियो ।

यससँगै बाढीमा परेर मोरङमा मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?