+
+
Shares

माओवादी केन्द्रका सांसदले बाढीपीडितको राहतका लागि एक महिनाको तलब दिने

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३० गते १८:२५

३० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरुले एक महिनाको तलब बाढी पीडितहरुको राहतका लागि दिने निर्णय गरेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको संसदीय बोर्डको बैठकले बाढी पीडितहरुको राहतका लागि पार्टीका सबै सांसदहरुले एक महिनाको तलब दिने निर्णय गरेको प्रमुख सचेतक रेखा शर्माले जानकारी दिइन् ।

शर्माका अनुसार बाढी पहिरो प्रभावित जिल्लाका सांसदहरुलाई पीडितहरुको उद्धार, राहत र पुनःस्थापनाको काममा सक्रियतापूर्वक लाग्न बैठकले निर्देशन समेत दिएको छ ।

सत्ता साझेदार माओवादीको संसदीय बोर्ड बैठकले बाढी पीडितहरुको राहत, उद्धार तथा पुनःस्थापनाको कामलाई प्रभावकारी र तदारुकता साथ अघि बढाउन सरकारलाई आग्रह समेत गरेको छ ।

बैठकले संविधान संशोधन विधेयक संसदबाट पास गराउन पहल गर्ने निर्णय पनि गरेको सांसद रामनारायण बिडारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?