Comments Add Comment

फोटो पत्रकारको सम्झनाः कोशीमा ८ वर्षे कमलको शव तैरिँदै गयो…

श्रेष्ठ भन्छन्- तस्वीर खिचेको क्षण मेरा लागि हृदयविदारक

३० साउन, काठमाडौं । सप्तरीको कुलारी गाउँका ८ वर्षे बालकको शव सप्तकोशी नदीमा बगाएको हृदयविदारक तस्वीरले सोमबार धेरैको मन रुवायो । दिनभरि नै सामाजिक सञ्जालमा यो तस्वीरले चर्चा पायो । वास्तवमा यो तस्वीरले बाढीको वास्तविक पीडा बोलेको थियो ।

युरोपियन फोटो एजेन्सी (ईपीए) का पत्रकार नरेन्द्र श्रेष्ठले यो तस्वीर खिचेका थिए । उनका अनुसार मृतक बालकको नाम कमल सदा हो । र, स्थानीयका अनुसार उनी ८ वर्षका वालक हुन् ।

कमल केही दिनदेखि बिरामी परेका थिए । लगातारको वषर्ापछि आएको बाढीका कारण उनलाई अस्पताल लैजान सक्ने अवस्था थिएन । यहीक्रममा उनको आइतबार निधन भयो ।

मृतक वालकका बुबा रोजगारीका लागि धरानमा छन् । उनकी आमा सन्तान गुमाएको शोकमा चुर्लुम्म डुबेकी छिन्, बाढीको डुबान त छँदैछ ।

शव बगाउनु नियतिको वाध्यता

कोशी नदी किनारमा रहेको बस्ती बाढीले जलमग्न थियो, वच्चालाई जलाएर सदगति गर्ने त कल्पनै नगरौं, चिहान खन्नका लागिसमेत जमिनको सतह काहीँ थिएन । त्यसैले परिवारका सदस्यले कमलको शव नदीमा बगाउने निर्णय गरे ।

काठमाडौंका बसेर बहस गर्दा सदगति कसरी हुन्छ भन्न सकिएला । कुन उमेरको मानिस हो र उसको शव जलाइन्छ कि गाडिन्छ भनेर प्रश्न उठाउन सकिएला । तर, गाउँको वास्तविकता सप्तरीमा अलि बेग्लै थियो ।

तस्वीर सार्वजनिक भएपछि केहीले मृतक कमलको उमेरबारे प्रश्न गरेका छन् । तर, फोटो पत्रकार श्रेष्ठका अनुसार मृतक कमलका काका देवकुमार, जसले शव नदीमा बगाए, उनी र अन्य गाउँलेहरुले उनको उमेर ८ वर्षकै भनेका छन्

बाढीको तस्वीर खिच्न सप्तरी पुगेका पत्रकार श्रेष्ठलाई एक स्थानीयले वालकको शव जलाउन वा गाढ्न नपाइएको घटना सुनाए । उनीसहितको टोली कोशी किनारतिर जाँदै गर्दा काका देवकुमार सदा बालकको शव बोकेर आउँदै गरेको अवस्था भेटिए ।

श्रेष्ठ भन्छन्, ‘बालकको शवलाई गाडेको त थाहा छ तर, नदीमा बगाउने सुन्दा सुरुमा अनौठै लाग्यो ।’

श्रेष्ठले देवकुमारलाई पछ्याए । मृतक बालकका काका देवकुमारले कोशी नदीमा कमलको शव बगाएको दृश्यलाई आफ्नो क्यामेरामा कैद गरे ।

श्रेष्ठ सम्झन्छन्, ‘यो दृश्य मेरा लागि निकै हृदयविदारक थियो । तर, बाढीको असरलाई वयान गर्ने भएकाले मलाई यो दृश्य कैद गर्नुपर्छ भन्ने लाग्यो ।’

श्रेष्ठका अनुसार ब्लाङ्केट लगायतका कपडाले बेहि्रएको कमलको शव नदीमा बगाउँदा डुब्छ होला भन्ने लागेको थियो । तर, शव तैरिएरै परसम्म गरेर गयो ।

बालकको नाम पनि कमल थियो । अन्ततः उनको शव कमलको फूलजस्तै तैरँदै कोशीको जलयात्रा लीन भयो ।

उनले त्यो दृश्य सम्झिए- ‘म एकदमै नजिकै थिएँ । लेन्सले तस्वीरलाई झन नजिक ल्यायो । त्यो क्षण निकै हृदयविदारक र मुटुसम्म छुनेखाल थियो’ फोटो पत्रकार श्रेष्ठ भन्छन्, ‘तर, पेशा नै यस्तै हो, मुटु दह्रो बनाएर यो तस्वीर खिचेँ ।’

तस्वीर सार्वजनिक भएपछि केहीले मृतक कमलको उमेरबारे प्रश्न गरेका छन् । तर, फोटो पत्रकार श्रेष्ठका अनुसार मृतक कमलका काका देवकुमार, जसले शव नदीमा बगाए, उनी र अन्य गाउँलेहरुले उनको उमेर ८ वर्षकै भनेका छन् ।

कतिपयले वालकको तस्वीर मिडियामा प्रकाशित गर्न नहुने तर्क पनि गरेका छन् । तर, पत्रकार श्रेष्ठ बाढीको पीडाको वास्तविकताका लागि यो दृश्य बाहिर ल्याउनु आफूले उपयुक्त ठानेको बताउँछन् ।

श्रेष्ठले खिचेको यो तस्वीर बीबीसीले समेत प्राथमिकताका प्रकाशित गरेको छ ।

यो पनि पढ्नुस्ः जब ८ वर्षे कमलको शव पुर्ने ठाउँ भएन …

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment