Comments Add Comment

बाढी पहिरोमा मृत्यु हुनेको संख्या ९१ पुग्यो, ३८ जना वेपत्ता

खोज, उद्धार तथा राहत वितरणमा २६ हजार ७ सय जनशक्ति परिचालन

३० साउन, काठमाडौं । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९१ पुगेको गृहमन्त्रालयले जनाएको छ । २५ जना घाइते र ३८ जना वेपत्ता छन् ।

बाढी पहिरो र डुबानबाट २ हजार ८ सय ४७ घरहरु पूर्णरुपमा क्षति भएका छन् । क्षति भएका अरु बिभिन्न पूर्वाधारहरुको संख्या ३७ सय २७ रहेको गृहमन्त्रालयले जनाएको छ ।

बाढी, पहिरो र डुबानबाट पीडित भएकाहरुको खोज तथा उद्धार गरी राहत प्रदान गर्ने कार्यलाई सरकारले तिव्रता दिएको छ । त्यसका लागि सुरक्षाकर्मीसहित २६ हजार ७ सय भन्दा बढी जनशक्ति परिचालन गरिएको गृहमन्त्रालयको दाबी छ ।

खोज र उद्धारका लागि नेपाली सेनाका ७ वटा र निजी क्षेत्रका ६ वटा हेलिकोप्टर परिचालन गरिएको छ । साथै मोटर बोट रबर बोट लगायतका साधनहरु पनि प्रयोग गरिएको छ ।

मन्त्रालयका अनुसार आज १२ वटा जिल्लाका बाढी पहिरो पीडितलाई राहत वितरण समेत गरिएको छ ।

हेर्नुहोस् राहत वितरणको विवरण

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment