+
+
Shares

नवलपरासीको दाउन्नेमा मिनीबस फस्यो, पूर्व–पश्चिम राजमार्ग ठप्प

रासस रासस
२०७४ साउन ३१ गते १०:४३

३१ साउन, नवलपरासी । गत शुक्रबारदेखि नै पटक–पटक अवरुद्ध हुँदै आएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड गएरातिदेखि पुनः अवरुद्ध भएको छ ।

दाउन्ने सडकखण्डको बीच भागमा मिनीबस फसेका कारण राति २ बजेदेखि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीले जनाएको छ ।

गएरातिबाटै अवरुद्ध सडक सञ्चालन गर्न पहल भइरहेको छ । तर हिलाम्य सडक भएका कारण फसेको मिनीबस निकाल्न नसक्दा सडक सञ्चालन हुन सकेको छैन ।

गत शुक्रबारदेखि नै बाढी पहिरोका साथै सडक भत्किनेलगायत विभिन्न कारणले शुक्रबारदेखि हालसम्म पटक–पटक सो राजमार्ग अवरुद्ध हुँदै आएको हो । अझै पनि सामान्य वर्षा भयो भने दाउन्ने क्षेत्रमा पहिरो जाने खतरा कायमै रहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?