३१ साउन, काठमाडौं । भारतको जोगवनीमा थप बाढीले बगाएका थप ८ जनाको शव भेटिएको छ । उनी मध्ये चार जना नेपाली भएको खुलेको छ ।
नेपालमा आएको बाढीले बगाएकाहरुको शव पछिल्लो समय भारतीय क्षेत्रमा भेटिन थालेको छ । हिजो तीन नेपालीको शव जोगवनी रेल वे स्टेशन नजिक भेटिएको थियो ।
साँझ ७ जनाको शव भेटिएको छ । तर, उनीहरु सबै भारतीय नागरिक भएको खुलेको छ ।
मंगलबार भने ८ शव भेटिएको र उनीहरु मध्ये चार नेपाली भएको खुलेको मोरङका एसपी अरुण बीसीले जानकारी दिए । उनका अनुसार यससँगै हालै आएको बाढी कारण मोरङमा मात्र मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4