+
+
Shares
बाढीको प्रभाव :

राजधानीका पेट्रोल पम्पमा सवारीको लाइन बढ्यो

निगम भन्छः आत्तिनु पर्दैन, भोलिदेखि सहज हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३१ गते १३:३९
फाइल तस्वीर

३१ साउन, काठमाडौं । अविरल वर्षापछि तराई क्षेत्रमा आएको बाढीका कारण आपूर्ति असहज हुँदा राजधानीका पेट्रोलपम्पमा उपभोक्ताको लाइन बढेको छ ।

गत बिहीबारदेखि तराईमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम ढुवानीमा असर परेको छ । सोही कारण राजधानीमा इन्धन आपूर्तिमा कठिनाइ आएको निगमले जनाएको छ ।

‘पेट्रोलियम बोकेका ट्याङ्कर राजमार्गमै रोकिएका छन्,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘बाढीको प्रभाव पनि विस्तारै कम भएकाले बुधबारदेखि नै उपभोक्ताले पेट्रोल पम्पमा लाइन बस्नुपर्दैन ।’ उनका अनुसार मंगलबारदेखि ती ट्याङ्कर राजधानीतर्फ हिंडेकाले विस्तारै आपूर्ति सहज हुने छ ।

व्यवसायीको आन्दोलनको चापका कारण पनि पेट्रोलियम आपूर्तिमा असहजता थपिएको वागमती पेट्रोलियम डिलर्स एसोसिएसनको भनाइ छ । पेट्रोलियम ढुवानीमा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउनुपर्ने माग राख्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले २६-२७ साउनमा निगमबाट पेट्रोल र डिजेल खरिद रोकेका थिए । उक्त समस्या समाधान भइसकेको छ ।

निगमबाट बिक्री सहज हुनासाथ उपभोक्ताले लाइन बस्नुनपर्ने वागमती पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष अच्युत खड्काको दाबी छ ।

भण्डारण क्षमता कम भएका कारण स-साना घटनाबाट पनि इन्धन आपूर्ति असहज बन्दै आएको छ । हाल निगमसँग भएको मौज्दातले पेट्रोल साढे ६ दिन, डिजेल साढे सात दिन र हवाई इन्धन १३ दिनका लागि मात्र भण्डारण हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?