+
+
Shares

निर्देशनमा रेखा र दीपाश्री हिट, झरनाको यात्रा के होला ?

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३१ गते १३:०८


नायिका झरना थापालाइ नायिका बन्न त्यती साह्रो अप्ठ्यारो भएन । पति सुनिलकुमार थापाको साथले झरनालाई चलचित्र क्षेत्रमा अगाडि बढ्न सहज भयो । झरना नेपाली चलचित्र क्षेत्रकी सफल एवं चर्चित नायिका बनिन् ।

तर, यतिबेला झरना एउटा गरुङ्गो भारी बोकिरहेकी छिन् । झरनाले अरुको निर्देशनमा काम त गरिन् तर यसपटक उनी आफैले चलचित्रको सिंगो कमाण्ड सम्हालेकी छिन् । नायिका बन्दा चलचित्रमा अभिनय गर्‍यो, सकियो ।
|
तर, यसपटक आफै चलचित्र ‘ए मेरो हजुर २’को निर्देशन गरेपछि झरनाले एउटा चलचित्रको सिंगो भारी बोकेकी छिन् । नेपाली चलचित्रमा कमै मात्र नायिकाले निर्देशनमा हात हालेका छन् । रेखा थापा, दीपाश्री निरौला चलचित्र निर्देशन गरेर सफल भैसकेका छन् । झरनालाई चलचित्रको सफलता पनि आवश्यक छ ।
भदौ १६ गतेबाट रिलिज हुने यो चलचित्रमा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलोन बस्नेत, नव-नायक सलिनमान बाँनियाको मुख्य भूमिका छ ।

झरना, यी तिन कलाकारको साथमा एउटा सफल चलचित्र दर्शकमाझ पस्कने तयारीमा छिन् । गीतसंगीत र ट्रेलर हिट भएपछि झरना चलचित्र चल्नेमा आशावादी छिन् । आशा गरौ, नेपाली चलचित्र क्षेत्रले फेरि अर्की सफल नायिकालाई सफल निर्देशकको रुपमा पनि पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?