३१ साउन, डडेल्धुरा । मध्य तथा सुदूरपश्चिममा जरो गाडेको कुप्रथा छाउपडी आनुधिक नेपालको चुनौतिको रुपमा देखिएको छ । सरकारी तथा गैेरसरकारी अनेक प्रयासका बाबजुत छाउपडी नियन्त्रण हुन सकेको छैन ।
लामो समयदेखि सरकारी तथा गैरसरकारी संस्थाहरुले गरेको ठूलो लगानीका कारण छाउपडी प्राथा नियन्त्रणमा आएको दावी गरिन्छ । तर, अशिक्षा र अन्धविश्वासले जकडिएको समाजमा एजनिओ, आइएनजिओको लगानी बालुवामा पानी खन्याएसरह भइरहेको छ ।
गुणस्तरीय शिक्षा र जनचेतनामा वृद्धिनै छाउपडी प्रथा न्युनीकरणका सकारात्मक आधार हुन् ।
छाउपडी प्रथा न्युनीकरणमा धेरैले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कदम चालेका छन, ती मध्ये एक हुन टेक राज भट्ट । डडेल्धुरा अजयमेरु गाउँपालिका दिव्यपुरका भट्ट धामी समुदयबाट प्रतिनिधित्व गर्छन् र छाउपडी कुप्राथा उन्मुलनका लागि समाजको सेतु बनेर अघि बढेका छन् ।
२०४६ सालपछि छउपडी नियन्त्रण अभियानमा लागेको बताउने ६५ वर्षीय धामीले ५ कक्षामात्र पढेका छन् । थुप्रै तालिम र गोष्ठीमा सहमागी भएर उनले छाउपडी प्राथासम्बन्धी धेरै ज्ञान लिएका छन् ।
‘म हात जोडेर भए पनि महिलालाई महिनावारी भएको बेला व्यवस्थीत वास, सरसफाई, पोषणयुक्त खानेकुराको बारेमा बताउँछु ।’ भट्टले भने ‘म जस्तै अरु धामी तथा पुजारीहरुलाई पनि छाउपडी कुप्राथा भएको र यसमा कुनै पाप पुण्यको बिषय नभएको बताउँछु ।’
अनलाइनखबरसँगको कुराकानीमा भट्टले भने-‘धेरै साथी, त धामी भएर यस्तो कुरा सिकाउँछस्, भनेर थर्काउन खोज्छन्, तर म उनीहरुलाई सम्झाउँछु ।’
भट्ट अहिले पनि धामी काम्छन् तर महिनावारी भएको महिलाले छुँदा आफूलाई कहिल्यै अप्ठ्यारो नभएको उनको भनाइ छ ।
सुधारको थालनी परिवारबाट सुरु गरेका उनले आफ्ना तीन बुहारीलाई कहिल्यै महिनावारी बार्न छाउगोठ पठाएनन् ।
कन्चनपुरको कृष्णपुर नगरपालिकामा बस्ने भट्टले गाउँमा छाउपडी न्यूनीकरणका लागि तालिमसमेत दिन्छन् ।
उमेरले नेटो काटिसकेका धामी भट्टको अन्तिम इन्छा नै यो छ कि आफू मर्नुअघि नै नेपालमा छाउपडी प्राथा उन्मुलन होस् ।
प्रतिक्रिया 4