Comments Add Comment

लुक्ला र बिराटनगर बाहेक सबै एयरपोर्टमा उडान सुचारु

भरतपुरदेखि धनगढी विमानस्थलसम्म कुनै समस्या छैन

बाढीको चपेटामा परेको विराटनगर विमानस्थलमा हाल हिलो पन्छाउने काम भइरहेको छ ।

३१ साउन, काठमाडौं । बाढीका कारण जलमग्न भएको बिराटनगर एयरपोर्टबाहेक तराईका अन्य सबै विमानस्थलमा अहिले उडान सुरु भइसकेका छन् । बिराटनगर एयरपोर्टमा हिलो पन्छाउने काम भइरहेकाले अझै केहि दिन लाग्ने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार अहिले लुक्ला र बिराटनगरमा मात्रै उडान हुन सकिरहेको छैन । बिराटनगर लुक्लामा प्रतिकूल मौसमका कारण विमानले उडान भर्न नसकेका हुन् ।

ठाकुरले भने ‘बिराटनगर एयरपोर्टमा सरसफाइको काम अघि बढिरहेको छ, लुक्लामा मौसमका कारण उडान बन्द गरिएको छ, अन्य विमानस्थल भने सञ्चालन आइसकेका छन् ।’

तराईका केही विमानस्थलहरु बाढीका कारण केही दिन उडान प्रभावित भएका थिए । हिमाली भेगका लुक्ला लगायतका केही एयरपोर्टमा पनि मौसमले उडानमा असर गरेको छ ।

प्रवक्ता ठाकुरका अनुसार अहिले भरतपुर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा कुनै अवरोध छैन । त्यहाँ विमानहरु आवत जावत गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment