Comments Add Comment

बाढी प्रभावितका लागि ‘२ रुपैयाँ’ टिमको सहयोग, रकम संकलन अभियान सुरु

चलचित्र निर्माण कम्पनी जी टु वान पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सले तराइमा गएको बाढीबाट प्रभावितहरुका लागि सहयोगको हात अगाडि बढाएका छन् । मोबाइल र इन्टरनेटबाट नै सजिलै पैसा आदन प्रदान गर्न सकिने इ-सेवा कम्पनीसँग सहकार्य गर्दै यी दुइ कम्पनीले अभियान सुरु गरेका हुन् ।

निर्देशक तथा कलाकार निश्चल बस्नेत र कलाकार आशिफ शाहले ५०-५० हजार नगद सहयोग पनि गरेका छन् । यस्तै, सहयोगी कम्पनी इ-सेवाले २ लाख, इ-सेवाका कर्मचारीहरुबाट १ लाख ५१ हजार नगद सहयोग गरिएको छ । जम्मा ४ लाख ५१ हजार रकमबाट यो अभियान सुरु गरिएको हो ।

चलचित्र ‘२ रुपैयाँ’का कलाकार समेत रहेका निश्चलले भने-‘अहिले तराइको भूभागको अवस्था यस्तो भएको बेला सकेसम्म त्यहाँ नै पुगेर सहयोग गर्नु ठूलो हो । तर, त्यहा पुग्न नसकेको खण्डमा पनि हाम्रो यो अभियानले घर-घरबाट सहयोग गर्न चाहनेलाइ सजिलो बनाएको छ ।’ यस्तै, कलाकार आशिफ शाहले यो अभियानबाट उठेको सम्पूर्ण रकम बाढी प्रभावितहरुका लागि नै सहयोग गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment