३१ साउन, काठमाडौं । मनमोहनसहितका आशयपत्र लिइसकेका मेडिकल कलेज किन्नेबारे अध्ययन गर्न सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको हो । अर्थ, शिक्षा, स्वास्थ्य मन्त्रालयका सचिव र सार्वजनिक खरिद कार्यालयका सचिव रहेको कार्यदलले मेडिकल कलेज खरिदबारे नीतिगत, कानुनी र प्रक्रियाबारे सरकारलाई सुझाव दिनेछ ।
मन्त्रिपरिषद् बैठक बसिरहेका बेला डा. गोविन्द केसीले अनसन स्थगित गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4