+
+
Shares

भारतबाट आउने बिजुलीमा दैनिक एक करोड २० लाख घाटा

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३२ गते ६:२५

३२ साउन, काठमाडौं । दुई तीन दिनदेखि पूर्व तथा मध्य नेपालमा भइरहेको वर्षाले विद्युत प्रसारण लाईन, सबस्टेसन तथा वितरण प्रणालीलगायत संरचनामा क्षति पुग्दा नेपाल विद्युत्त प्राधिकरणलाई दैनिक एक करोड २० लाख घाटा भएको छ।

ढल्केबर सबस्टेसनमा पानी जम्दा ढल्केबर मुजफ्परपुरबाट आयात हुने एक सय मेगावट बिजुली प्रयोगमा ल्याउन नसकिएको प्राधिकरणको भनाई छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर सबस्टेसन जलमग्न भएकाले प्रणाली सुचारु गर्न नसकिएको बताए। बिजुली प्रयोगमा ल्याए पनि नल्याए पनि भारतलाई पैसा भने तिर्नुपर्ने हुन्छ।

‘टेक अर पे सर्त रहेकाले त्यहाँआट विद्युत ल्याउनै पर्ने बाध्यता हामीलाई छ, एक दिन ल्याउन सकेनौ भने एक करोड बीस लाख रूपैयाँ घाटा हुन्छ,’ घिसिङले भने, ‘बाढीको जानकारी भारतीय पक्षलाई गराइसकेका छौ।’ आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?