३२, साउन, चितवन । रौतहटमा जमेको पानीमा डुवेर एकै परिवारका ३ जना बालबालिकाहरुको मृत्यु भएको खबर सेलाउन नपाउँदै पर्साको ठोरीमा पनि एक बालिकाको जमेको पानीमा डुवेर मृत्यु भएको छ ।
पर्सा जिल्लाको सुवर्णपुर गाँउपालिका–२ हनुमाननगरमा सडकमा जमेको पानीमा डुबेर ८ वर्षीया बालिका कृपा बस्नेतको मृत्यू भएको छ ।
हनुमाननगरमा निर्माण भइरहेको बाटोको खाल्टोमा जमेको पानीमा डुबेर उनको ज्यान गएको हो । राहतसहित ठोरी पुगेको हेलिकप्टर हेर्न जाने क्रममा पानीमा डुबेकी बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिहं गुरुङले जानकारी दिए ।
उनी ठोरी एकेडेमीमा कक्षा २ मा अध्यनरत थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4