+
+
Shares

सप्तरीका बाढीपीडितलाई बिराटनगरको सहयोग

हेलिकोप्टरबाट लगियो खाद्यान्न र पानी

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३२ गते १०:२८
फाइल तस्वीर

३२ साउन, बिराटनगर । सप्तरीका बाढीपीडित एवं डुवानमा परेका पीडितहरुलाई मोरङबाट राहत पठाइएको छ । सप्तरीमा ठूला उद्योग धन्दाहरु नभएकाले मोरङ प्रशासनको पहलमा बिराटनगरका उद्योग धन्दामा प्रशोधित खाद्यान्न र खानेपानीसमेत पठाइएको हो ।

सप्तरीका बाढी पीडितहरुलाई वितरण गर्नका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत राहत पठाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले अनलाइनखाबरलाई जानकारी दिए ।

सोमबारदेखि नै सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगबाट खाद्यान्नसप्तरी पठाइएको उनले जानकारी दिए । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ लगायतका व्यापारिक संघ संगठनलाई आग्रह गरेर सप्तरीमा खाद्यान्न र पानी वितरण पठाइएको प्रशासनले बताएको छ ।

सोमबार सप्तरीमा एक ट्रक मिनिरल वाटर, एक ट्रक चिउरा, २ ट्रक भुजा, चाउचाउ र बिस्कुट पठाइएको जिल्ला प्रशासनले जानकारी दियो । जिल्ला प्रशासनले दिएको जानकारी अनुसार मंगलबार पनि नेपाली सेनाको हेलिकोप्टर मार्फत २५/२५ क्विन्टल चिउरा, भूजा र चाउचाउ सप्तरी पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?