+
+
Shares

फेरिएकी स्वेता

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३२ गते १६:०६


नायिका तथा निर्मात्री स्वेता खड्काले चलचित्र ‘कान्छी’को घोषणा कार्यक्रममा आफू फेरिएको बताइन् । उनले आफू पहिलेकी स्वेता नरहेकी भन्दै आफ्नो पूर्नजन्म भएको समेत घोषणा गरिन् । स्वेताको यो भनाइलाइ जुन कोणबाट पनि हेर्न सकिन्छ ।

पति श्रीकृष्ण श्रेष्ठको निधन भएपछि केही बर्ष विक्षिप्त बनेकी स्वेता अहिले एक्लै चलचित्र निर्माणमा अग्रसर छिन् । सायद, उनले आफू फेरिएको भनेर यही कुराको संकेत पनि गर्न खोजेकी हुनसक्छिन् ।

तर, साच्चिकै स्वेता अहिले फेरिएकी छिन् । ओठमा मुस्कान, पहिरनमा सजगतादेखि समाजसेवामा क्रियाशिल स्वेता अब चलचित्र अभिनयको दौडमा दौडिने तयारीमा छिन् ।

दयाहाङ राइलाइ जोडी बनाएर स्वेताले अभिनय गर्न लागेको चलचित्र ‘कान्छी’को छायांकन भदौ २ गतेबाट हुनेछ भने माघ २६ गतेबाट रिलिज हुनेछ ।

तस्बिरः कमल प्रसाइ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?