+
+
Shares

कोशीमा बगाइएका बालकको परिवारलाई दिपेशले दिए २० हजार

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३२ गते १८:३९
मृतक कमलु सदाकी आमा कम्लीदेवीलाई नगद राहत दिँदै दिपेश पुन ।

३२ साउन, सप्तरी । कोशी नदीमा बगाइएका सप्तरीका बालक कमलु सदाका परिवारलाई उपराष्ट्रपति पुत्र दिपेश पुनले आर्थिक सहयोग गरेका छन् । उनले २० हजार नगद र खाद्यान्न राहत सहयोग गरेका हुन् ।

बाढी आएलगत्तै पुन तराई मधेसका जिल्लामा राहत तथा उद्धार कार्यमा सकृय छन् ।

बाढीका कारण बालक कमलु सदाको मृत्यु भएपछि गाड्नका लागि खाली जमिन नभएको भन्दै उनको परिवारले कोशी नदीमा शव बगाइदिएको थियो । हाल किरिया कर्मको लागि पैसाको संकट परेको थाहा भएपछि आफूले सहयोग गरेको दिपेशले बताए ।

‘पैसा नभएर मर्कामा परेको थाए पाएपछि व्यक्तिगत तर्फबाट २० हजार रुपैयाँ सहयोग गरेको हुँ,’ दिपेशले अनलाइनखबरसँग भने, ‘पीडित परिवारलाई दाल, चामल, नुन, तेल पनि सहयोग गरें ।’

छोरा कमलुको मृत्युको बेला उनका बुवा फुदन सदा धरानमा थिए । फुदन हाल घर फर्किएका छन् । दिपेश उनको घरमै पुगेर परिवारका सदस्यहरुलाई नगद र खाद्यान्न राहत सहयोग गर्दै धैर्यधारण गर्न सान्त्वना समेत दिए ।

उपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा दिपेशले बाढी पहिरो पीडितलाई त्रिपाल, भाँडाकुँडा, चामल, चाउचाउ लगायतका सामान पनि सहयोग गरेका छन् । दिपेशले यसअघि भूकम्प पीडित र राउटे समुदायलाई पनि सहयोग गरेका थिए ।

मृतक कमलु सदाका दाजु देववरण राहत पाएपछि दिपेशको अंगालोमा रोएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?