चलचित्र ‘ग्याङस्टार ब्लूज’मा दुइ महिला पात्र छन्, जसको भूमिका पावरफूल छ । चलचित्रमा नायिका आना शर्मा र नव-नायिका रोजिशा शाहीको मुख्य भूमिका छ ।
आनालाइ दर्शकले चलचित्रमा आशिरमानकी प्रेमिकाको भूमिकामा देख्न सक्नेछन् भने रोजिशा ग्याङस्टारको भूमिकामा देखिएकी छिन् । वुधबार आयोजित प्रिमियरमा रोजिशा हट बनेर पुगिन् । चलचित्र क्षेत्रमा संभावना देखाउँदै गरेकी रोजिशाको रातो पहिरनमा उनी हट देखिएकी थिइन् ।
रोजिशाले ग्याङस्टारको भूमिकामा न्याय गरेकी छिन् । उनको, गेटअपदेखि संवाद शैलीलाइ धेरैले तारिफ गरे । रोजिशाले भने आफूले हरेक भूमिकामा काम गर्न सक्छु भनेर प्रमाणित गर्न खोजेको बताइन् । उनले अब चलचित्रमा नायिकाको भूमिकामा अफर आए मात्र गर्ने सुनाइन् ।
चलचित्र ‘आधा लभ’ असफल भएपनि यी सुन्दरीको भूमिकाको राम्रै चर्चा भएको थियो । यो चलचित्रबाट पनि रेड हट रोजिशाले चर्चा पाउने चलचित्र हेर्नेले टिप्पणी गरेका छन् । चलचित्र भदौ २ गतेबाट रिलिज हुँदैछ ।
प्रतिक्रिया 4