Comments Add Comment

‘ए मेरो हजुर २’को ‘मरिलानु छ के र’ बोलको गीतको भिडियो रिलिज


चलचित्र ‘ए मेरो हजुर २’मा समावेश ‘मरिलानु के छ र’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । चलचित्र रिलिजको आधा महिना अगाडि तेश्रो गीत काठमाण्डौमा कार्यक्रमको आयोजना गर्दै रिलिज गरिएको हो ।

भदौ १६ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाइ झरना थापाले निर्देशन गरेकी हुन् । सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।

सार्वजनिक गीतमा साम्राज्ञी, सलिन, सलोनलाइ फिचरिङ गरिएको छ । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको यो गीतमा राजेशपायल राइ र इन्दिरा जोशीको आवाज छ ।

कविराज गहतराज र रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको चलचित्रमा संजय लामाको छायांकन छ । यसअगाडि सार्वजनिक भएका २ गीतले चर्चा पाइरहेको समयमा तेश्रो गीतले पनि दर्शकको मन जित्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment