+
+
Shares

बन्ने भयो ‘पञ्चेबाजा’, कर्मा र जस्मिनको प्रेममा सौगात भिलेन

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १ गते १५:५५


चलचित्र ‘पञ्जेबाजा’को निर्माण हुने भएको छ । काठमाण्डौको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्र निर्माणको घोषणा गरियो । निउ भेनस फिल्मस्को प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा सौगात मल्ल, कर्मा, जस्मिन श्रेष्ठ र श्रृजना सुब्बाको मुख्य भूमिका रहनेछ ।

यो चलचित्र एक गाउँको कथामा निर्माण हुने निर्देशक घनश्याम लामिछानेले जानकारी दिए । यो चलचित्रमा कर्मा र जस्मिनको प्रेममा सौगात भिलेन बनेर आउने निर्माता राजेश शाहीको भनाइ छ ।

चलचित्रमा प्रदिप भारद्धाजको कथा, पटकथा तथा संवाद, कालिप्रसाद बास्कोटा र विकास चौधरीको संगीत रहने छ । निर्देशक लामिछानेका अनुसार मानिसले सुन्दै आएको तर वास्ता नगरेको एउटा पृथक कथामा यो चलचित्र बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?