+
+
Shares

एनआईसी एसियाको निक्षेप दोब्बर हुने नयाँ योजना

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १ गते १६:१५

१ भदौं, काठमाडौं । नेपालको बैंकिङ ईतिहासमा विभिन्न नयाँ सेवा तथा योजना प्रस्तुत गर्दै आएको एनआईसि एसिया बैंकले आफ्नो दुई दशकको सफल यात्राको सुखद उपलक्ष्यमा ग्राहक वर्ग माझ ‘डबल डिपोजिट’ नामक नयाँ निक्षेप योजना ल्याएको छ ।

यस निक्षेप योजनामा व्यक्तिगत तथा संस्थागत निक्षेप ग्राहकहरुलाई बैंकले सिमित अवधिपछि जम्मा गरेको रकमको दोब्बर भुक्तानी गर्ने भएको हो । न्यूनतम रु. १ लाख निक्षेप राखेर पनि भाग लिन सकिने यस योजनामा व्यक्तिगत निक्षेपकर्ताले ९ बर्षमा र संस्थागत निक्षेपकर्ताले १० वर्षमा आफुले सुरुमा जम्मा गरेको रकमको दोब्बर भुक्तानी दिने छ ।
संस्थागत निक्षेपको १५ प्रतिशत तथा व्यक्तिगत निक्षेपको ५ प्रतिशतको दरमा लाग्ने कर भने आम्दानीको श्रोतमा कट्टा गरेर भुक्तानी दिने भएको हो

यस योजनाले सहभागी ग्राहकले व्याज दर परिवर्तनको जोखिम लिनु नपर्ने भएको छ । बैंकले आफ्ना १ सय १९ वटा शाखा र ४ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिईरहेको छ । बैंकले गत आर्थिक वर्ष २०७३/७४ को नाफामा गएपछि सेयर लगानीकर्तालाई चुक्ता पुँजीकाे २० प्रतिशतले हुने गरि वोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?