+
+
Shares

‘ग्याङस्टार ब्लूज’ र ‘भूँइमान्छे’ हलमा, कसले गर्ला उत्कृष्ट व्यापार ?

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २ गते १०:४५


आज शुक्रबारबाट देशभरका हलमा २ चलचित्र रिलिज भएका छन् । यो बर्षकै प्रतिक्षित चलचित्रको रुपमा रहेको ‘ग्याङस्टार ब्लूज’ सिंगल र मल्टिप्लेक्स हलमा रिलिज भएको छ । काठमाण्डौ लगायत देशभरका मल्टिप्लेक्समा उच्च शो पाएको यो चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

सरोज न्यौपाने निर्मित यो चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन् । चलचित्रमा आशिरमान देशराज, आना शर्मा, रोजिशा शाही, संयम पुरी, प्रमोद अग्रहरि लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रले एक यूवाको प्रेम र ग्याङस्टारको कथालाई उठान गरेको छ ।

नेपालगञ्जमा हुने गरेको ग्याङ फाइटको कथामा निर्मित चलचित्रबाट नायक आशिरमान उदाउने अपेक्षा धेरैले गरेका छन् । यस्तै, आजैबाट चलचित्र ‘भुँइमान्छे’ पनि रिलिज भएको छ । नवराज वुढाथोकीको निर्देशनमा तयार भएको यो चलचित्रमा रमेश वुढाथोकी र सिपोरा गुरुङको मुख्य भूमिका छ ।

चलचित्रले पोष्टमार्टम गर्दै आएको एक बयस्क पुरुषको दैनिकी र एक यूवतीविचको प्रेमको कथालाइ उठान गरेको छ । दुइ फरक बिषयका यी चलचित्रमध्ये कसले बढी व्यापार गर्लान् ? केही दिन प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?