+
+
Shares

यसकारण तपाई पनि मुटुरोगको जोखिममाः कसरी रहने सर्तक ?

डा. हेमराज कोइराला डा. हेमराज कोइराला
२०७४ भदौ ४ गते १०:०९

अहिले हामी जुन किसिमको जीवनशैली अपनाउँदैछौ, त्यसले मुटु रोग निम्त्याउने भय प्रबल छ । रेष्टुरेन्टको मीठो खानेकुरा खाने, भोज गर्ने, मदिरापान गर्ने, चुरोट सेवन गर्ने, जंक फूड खाने प्रवृत्ति बढ्दो छ । यससँगै जीवनशैली जतिसक्दो आरमदायक बनाउने प्रयासमा छौ । केहि मिनेटको दुरी पार गर्न पनि गाडी, मोटरसाइकल चढ्छौ ।

एकातिर अस्वस्थ्यकर खानपानको लतमा फस्दैछौ, अर्कोतिर शारीरिक गतिविधि निस्क्रिय  हुँदैछ । यसले मोटोपन बढाउने नै भयो । मुटुको रोग निम्त्याउने नै भयो ।

मुटुलाई स्वस्थ्य राख्न के गर्ने त ? त्यसको लागि भोजन, व्यायाम, विश्राम, विचार र व्यवहार सबै हृदयमैत्री हुनुपर्छ ।

कस्तो हुनुपर्छ भोजन व्यावस्थापन

मुटुरोग तथा हृदयघातवाट वच्नका लागि भोजन व्यवस्थापनको ठूलो महत्व छ । भोजनकोमात्रा भोज्यपदार्थहरुको छनौट व्यक्तिको प्रकृति, विकृति (रोग), बल, वय (उमेर), सत्व (मानसिकता) आदिको आधरमा हुन अति आवश्यक छ ।

१. मुटु रोगले ग्रस्त भइसकेकाहरूले तेल नभएको एवं चिल्लोरहित खाना खानुपर्छ ।

२. मुटुरोगीले पूर्ण शाकाहारी हुन जरुरी छ । माछामासुमा प्रचूर मात्रामा कोलेस्टेरोल र ट्राईगिस्राईड पाईने भएकाले मुटुरोगमा मांशको सेवन अत्यन्त घातक मानिन्छ ।

३.नदेखिने चिल्लो पदार्थका श्रोतहरु, बदाम, काजु, मुङ्फली, नरिवल जस्ता तौलिय फलहरु पनि खानु हुदैन ।

४. तौल ज्यादा भएकाहरुले कम क्यालोरी भएका खानाहरु खानु पर्दछ । चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बाेनिकपेय र अल्कोहलिकपेय जस्ता खालीक्यालोरी दिने पदार्थ मुटुको लागी राम्रो होइन ।

५. पेटभरी ठुसी-ठुसी खाने बानी त्यागेर पेटको आधाभाग ठोस र चौथाइ भाग तरल पदार्थले भर्नु पर्छ भने चौथाइ भाग वायु संचरणकालागी खाली छोडिदिनु पर्छ । ठोस भोजन दिनको दुइ पटक मात्र होस् । रात्रीकालिन भोजनमा अन्नको मात्रा जति सक्दो कम होस् । अन्नको सट्टा दाल, तरकारिकोसुप, उसिनेको सागसब्जी र तरकारी जस्ता चाडै पच्ने खाना खाने गरौ ।

७. खानामा नुनको मात्रा दुई-तीन ग्राम मात्र होस् । अजिनामोटो, सोडियोवाइकार्वोनाइड र सोडियमवेन्जोएट जस्ता वेकिङ पाउडरको प्रयोग मुटु मैत्री होइन । अचार, आलुचिप्स, कुरकुरे, पाँउ जस्ता अतिरित्त लवण राखिएका खाद्ययपदार्थले मुटु रोगको जोखिम बढाउँछ ।

८. खानमा रेसा र चोकर युक्त खाद्यानहरुको समायोजन हुन जरुरी छ । सलाद, हरीया सागसब्जि, चोकरयूक्तपीठो, रातोचामल, सग्लै अन्नहरुमा रेसाको मात्रा ज्यादा हुन्छ । हरीया कलिला मौसमि साग, अंकुरीत गेडागुडि वा जमरामा एन्टिअक्सिसडेन्ट को मात्रा ज्यादा हुन्छ । एन्टिअक्सिडेन्टले थुनिएका नसा खोल्न र हृदयघात पछिको घाउ निको पार्न मुख्य भुमिका खेल्छ ।

कसरी गर्ने व्यायाम ब्यस्थापन

१. मुटुरोगीले ब्यायाम गर्न भनेर कहिले पनि कठिन व्यायाम वा श्रम गर्नु हुदैन । अंग व्यायाम, रिढ व्यायाम, सिथिलिकरण व्यायाम, प्रातः ग्रमण जस्ता हल्का व्यायाम नियमित गर्नु पर्छ ।

२. दक्ष योग गुरुबाट मुटुरोगीले गर्ने योग सिकेर नियमित योग आसन र प्रणायाम गर्नाले हृदयघातको जोखिम कम गर्नुका साथै मुटुरोग दोहोरिने जोखिम हुन्छ ।

३. व्यायामलाई दिनचर्याको मुख्य अंग बनाउनु पर्छ । व्यायाम गर्ने भनेर एकै दिन धेरै गर्ने, कहिले गर्ने कहिले नगर्ने वा मुढे बल लगाएर व्यायाम गर्नु हुन्न।

कसरी गर्ने बिश्राम व्यबस्थापन

१. मुटु रोगीका लागी बिश्राम, भोजन र व्यायाम भन्दा पनि महत्त्वपुर्ण छ । राति चाढै खाना खाने र खाएको तीन घण्टा

(पेट खाली भएपछि) मात्र सुत्ने गर्नु पर्छ । निद्रा नआउनेहरुले चिकित्सकको सल्लाह अनुसार औषधि खाएर भएपनि सुत्ने प्रयास गरौं । दिउसोसुत्ने, विहान अबेरसम्म सुत्ने, राति चाढै नसुत्ने, र खानाखानेबित्तिकै सुत्ने बानी मुटुका लागी खतरनाक मानिन्छ ।

२. शारिरिक तथा मानसिक रुपले विश्राम लिनका लागी योग आसन, योग निद्रा, माइन्ड साउन्ड रेसोनेन्ट टेक्निन, प्राणिक इनरजाईजीङ्ग टेक्निक, सेल्फ मेनेजमेन्ट अफ एक्सेसिभ टेन्सन, जेकब्सन प्रोग्रेसिभ मसल्स् रिल्याक्सेसन टेक्निक, डिप रिल्याक्सेसन् टेक्निक जस्ता बिश्रामका विधिहरु सिकेर अभ्यास गर्ने गरौं ।

३. सम्पूर्ण शरिरको मालिस, तैल अभ्यङ्ग, वाष्पस्नान, सउना स्नान, फोहोरा स्नान, पौडिनु, तैरीनु जस्ता उपचार पद्धतिले बिश्रामलाई बढाउँछ ।

कसरी गर्ने विचार व्यावस्थापन

वैचारिक स्तरमा आएको हरेक परिवर्तन हृदयमा प्रतिविम्वित हुन्छ । हजुर हास्दा हृदय हास्छ, हजुर रुँदा हृदय रुन्छ । क्रुद्ध र भावुक हुँदा हृदयपनि विचलित हुन्छ । रुग्न मानसिकता भएकाहरुको हृदय पनि चाढै रोगी हुन्छ भने स्वस्थ्य विचारको अभ्यासले हृदयलाई पनि स्वस्थ्य राख्न सहयोग गर्छ ।

१. हृदयरोगवाट बच्न अव्यवहारिक र पुरानहुने महत्वकांक्षावाट वच्नुपर्छ । आफ्नो मनको भावनाहरु सम्वधोन गर्न, अरुको भावनाहरुको सम्मान गर्न, समाज र परिवारको मान्यताहरुसँग समन्जस्य गर्न सिक्नुपर्छ । धेरै सम्पति र नाम कमाउने वा उन्नती गर्ने चाहनामा आफुलाइ तिरोहित गर्नु हुदैन ।

२. सकारात्मक चिन्तन हृदयको लागि ठूलो ओखती हो । राम्रा र नराम्रा पक्ष हरेक घटनाहरुको दुई अभिन्न पाटा हुन । हरेक घटना वा व्यक्तिको राम्रो पक्षलाई केलाउने वानी मुटुको लागि राम्रो हो ।

३. विहान वेलुकी कम्तिमा २० मिनेट निर्विचार हुने कोसिस गरौं । निर्विचार साधानाले हृदयलाई शान्ति दिन्छ । । योग निद्रा, जप, प्रार्थना वा एकान्तबास जस्ता साधना नियम पुर्वक दक्ष गुरुबाट सिकेर निरन्तर गर्ने गरौं यसले तनाब कम गर्न सहयोग गर्छ ।

५. तनाब व्यवस्थापनको नाममा चुरोट, सुर्ति, जाड रक्सी वा अन्य नसालु पदार्थको सेवन गरेर आफुलाई भुलाउन नखोजौ

कसरी गर्ने ब्यबहार ब्यबस्थापन

हृदय हरेक ब्यबहार, घटनाक्रम र दिनचार्यको साक्षी हो । तँपाईको  मनको कुरो मस्तिस्कले लुकाउन वा छिपाउन सक्छ, तर हृदयले दुधको दुध पानीको पानी बताई दिन्छ । अनियमित दिनचार्यको भार पनि हृदयले प्रस्ट पार्छ । यसर्थ हाम्रो दिनचार्य र आनिबानी हृदयमैत्रि हुन जरुरी छ ।

१. बिहान ब्रम्ह मुहर्तमा (घाम झुल्किनुभन्दा ९६ मी. अगाडि देखि घाम झुल्किदासम्मको समय) उठिसक्ने, उठ्ने बित्तिने दुई गिलास मनतातो पानी पिउने, मलमुत्र विर्सजन गरी व्यायामका लागि तयारी गर्नुपर्छ ।

२. व्यायाम पश्चात हल्का खाजा खाएर दैनिक गर्नुपर्ने कामहरुलाई व्यबस्थित गर्न कार्यतालिका बनाउन जरुरी छ । यसो गर्दा कार्य ब्यबस्थापन सुचारुभई अतिरिक्त तनाबबाट बच्न सकिन्छ ।

३. बेलुका साढे छ देखि सात बजे भित्र खाना खाई सक्ने । त्यसको तीन घण्टा पछि मात्र सुत्न जाने गर्नु पर्छ ।

४. नाम र दामको पछाडि मरीहत्ते गर्ने बानी मुटुका लागी राम्रो होइन । ईमान, जमान नैतिकता र धर्मलाई आत्मसाथ गर्दै जति जे हुन्छ त्यसैमा सन्तोष गरौं ।

५. आफ्नो ब्यक्तिवलाई लचकदार र सर्वप्रिय  बनाउँ । अहंकार, घमन्ड र मपाईत्वलाई प्रशय नदिउँ । सानालाई माया र ठुलालाई आदार गरौं । दुःखिहरुसँग करुणा, आनन्दितहरुसँग मित्रता, सज्जनहरुसँग मुदित राखौं भने दुर्जनहरुको वास्तै नगरौं ।

६. आफ्ना गल्ति तथा भुलहरुलाई फेरी नगर्ने संकल्पका साथ भुलौ । विगतमा भएका कुराहरुलाई लिएर तनावग्रस्त हुने नगरौं । ईखलिने, बैरत्वराख्ने, मनमालागेका कुरा नभन्ने र भावानाको दमन गर्ने ब्याक्त्ति हृदय रोगको सिकार हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?