Comments Add Comment

प्रधानमन्त्री देउवाको भारत भ्रमण राजकीय, मोदीसँगको भेट बिहीबार


५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार भारतको राजकीय भ्रमणमा जाने भएका छन् । उनले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।

परराष्ट्र मन्त्रालयले सोमबार प्रधानमन्त्री देउवाको ५ दिने भ्रमण तालिका सार्वजनिक गरेको छ । देउवा नेतृत्वको भ्रमण टोलीमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महारा र मन्त्रीहरुका साथै सांसदहरु सहभागी हुनेछन् ।

प्रधानमन्त्री देउवा राष्ट्रपति भवनमा बस्नेछन् । उनलाई बिहीबार गार्ड अफ अनर दिइनेछ । लगतै उनले राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग शिष्टचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

बिहीबार नै प्रधानमनन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ । प्रधानमन्त्री देउवाको सम्मानमा मोदीले दिवाभोज समेत राखेका छन्, जसमा भारत सरकारका केही वरिष्ठ मन्त्रीहरु सहभागी हुनेछन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपाली समुदायका साथै भारतीय उद्योगीहरुसँग पनि अन्तरक्रिया गर्नेछन् । साथै देउवा नेतृत्वको टोलीले तलंगना, आन्द्र प्रदेश र बिहार राज्यको भ्रमण गर्ने कार्यक्रम पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment