६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढी पहिरो प्रभावितहरुलाई पाँच लाख रुपैयाँ दिन सरकारसँग माग गरेको छ । पीडितहरुको पुनःस्थापना र क्षतिपूर्तिका लागि पाँच लाख दिनुपर्ने माओवादीको माग छ ।
मंगलबार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले ज्यान गुमाएकाको परिवारलाई प्रतिव्यक्ति ३ लाख र क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि पाँच लाख रुपैयाँ दिन सरकारसँग माग गर्ने निर्णय गरेको प्रवक्ता पम्झा भुसालले जानकारी दिए ।
बाढी पहिरो पीडितहरुको उचित बसोबासका लागि तत्कालीन राहत एक लाख रुपैयाँ दिनुपर्ने माओवादी केन्द्रको मागसमेत रहेको प्रवक्ता भुसालले जानकारी दिइन् ।
बाढीपहिरो प्रभावितलाई राहत उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व भएको ठहर गर्दै माओवादी केन्द्रले प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्न पार्टी पंक्तिलाई निर्देशन समेत दिएको छ ।
बाढी पहिरो आएलगत्तै माओवादी केन्द्रका युवा तथा विद्यार्थी संगठनका नेता कार्यकर्ताहरु प्रभावित क्षेत्रमा क्रियाशील छन् ।
यो पनि पढ्नुस्
माओवादीको निष्कर्ष : एमालेका कारण संशोधन विधेयक फेल
प्रतिक्रिया 4