Comments Add Comment

सर्लाहीका बाढी प्रभावितलार्इ निर्माता संघको राहत


चलचित्र निर्माता संघ, नेपालले बाढी प्रभावितहरुका लागि राहत वितरण गरेको छ । संघले सर्लाहीका ६० भन्दा बढी बाढी प्रभावितहरुलाई राहत वितरण गरेको हो । संघका उपाध्यक्ष माधव वाग्लेको नेतृत्वमा गएको टोलीले सर्लाहीको हरिवन, अत्रौली, रञ्जितपुर, जरुवा पानी, गोल्हा, लालबन्दी लगायतका स्थानका पीडितलाई खाद्यान्न तथा अन्य सामाग्री वितरण गरेको थियो ।

उपाध्यक्ष वाग्लेले संघका सदस्यबाट उठेको २ लाख २० हजारको खाद्य सामाग्रीसँगै ६० थान कम्बल, १ सय १० थान त्रिपाल, ५ थान टेन्ट र कपडा वितरण गरेको जानकारी गराए । पीडितका लागि स्वेताश्री फाउन्डेसनले १ लाख ५ हजार प्रदान गरेको थियो भने गोपीकृष्ण टीभीले २५ हजार सहयोग गरेको थियो । संघका सदस्यले आफ्नो इच्छा अनुसार ५ हजारदेखि ११ हजारसम्म सहयोग गरेका थिए ।

संघले सर्लाहीको द्वन्द्वले पीडित बालबालिका रहेको ‘चेतना सन्देश’लाई ११ हजार नगद सहयोग गरेको थियो । उपाध्यक्ष वाग्लले संघले सहयोगलाई निरन्तरता दिने बताए । ‘हामीले गोजीबाट निकालेर तत्कालका लागि सक्ने सहयोग गर्‍यौ । यत्तिकैमा चुप लागेर बस्दैनौं । सहयोग जुटाएर फेरि वितरणमा जान्छौं,’ वाग्लेले भने ।

अघिल्ल्ाो हप्ता आएको बाढीले विस्थापितको सहयोगका लाािग कलाकारहरू व्यक्तिगत तथा संस्थागत रूपमा सक्रिय रहेका छन् । यसअघि कलाकार संघले पनि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नेतृत्वमा सप्तरीका बाढी पीडितलाई राहत वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment