Comments Add Comment

मेस्सी प्रेरित खेलमा बार्सिलोनाको सहज जित

११ भदौ, काठमाडौं । लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोनाले स्पेनिस ला लिगामा डेपोर्टिभो अलाभेसलाई पराजित गरेको छ । तर खेलमा मेस्सीको एउटा पेनाल्टी खेर फालेका थिए ।

पहिलो हाफको ३९औं मिनेटमा जेरार्ड पिकेलाई फल गरेपछि पाएको पेनाल्टीमा मेस्सीको प्रहार अलाभेसका गोलरक्षक फणर्ाण्डो पाचेकोले शानदार बचाउ गरेका थिए ।

दोस्रो हाफमा उनले जेरार्ड डेलोउफुको डिफ्लेक्टेड बलमा गोलको खाता खोले । त्यसको केहि समयपछि नै जोर्डि अल्पाको हेड पासमा दोस्रो तथा निणर्ायक गोल थपे ।

मेस्सीले कीर्तिमान ३५१ गोल गरेका छन् । उनलाई हृयाटि्रकको अवसर पनि थियो । तर बल क्रसबारमा लागेर बाहिरियो ।

बार्साले जर्मन टोली बोरुसिया डर्टमण्डबाट १४७ मिलियन युरोमा उसमेन डेम्बेलेलाई भित्र्याउने भएको छ । उनको सोमबार मेडिकल हुनेछ ।

३६.४ मिलियन पाउण्डमा चिनियाँ क्लवबाट अनुबन्धित भएका ब्राजिलियन मिडफिल्डर पाउलिन्होले ८८औं मिनेटमा डेब्यू गरे । समयअभावका कारण उनले खेलमा प्रभाव देखाउन पाएनन् ।

गत सिजन कोपा डेल रेको फाइनल खेलेको अलाभेसले रियल मडि्रडका प्रशिक्षक जिनेदिन जिदानका छोरा एन्जोलाई खेलको दोस्रो हाफमा डेब्यू गराएको थियो । उसले एन्जोलाई यसै सिजन किनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment