Comments Add Comment

रियल स्टेट कम्पनीमाथि धोनीले दिए मुद्दा, ४० करोड भारु मागदाबी

काठमाडौं । एउटा रियल स्टेट कम्पनीले आफूलाई सम्झौता बमोजिमको पारिश्रमिक नदिएको भन्दै भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

आम्रपाली ग्रुपविरुद्ध उनले दिएको मुद्दामा ४० करोड भारु भुक्तानी माग गरिएको छ ।

यो समूहले धोनीलाई सन् २००९ मा ब्रान्ड एम्बेस्डर नियुक्त गरेको थियो । त्यसपछि धोनीले कम्पनीका केही विज्ञापनमा मोडलिङ गरेका थिए ।

तर, आम्रपाली समूह आर्थिक रुपमा धराशायी भएपछि धोनीलाई सम्झौता बमोजिमको रकम दिन सकेन । अहिले सर्वोच्च अदालतमा ४६ हजार जनाले कम्पनीविरुद्ध मुद्दा हालेका छन्, जसले पैसा तिरेर पनि घर नपाएको गुनासो गरेका छन् ।

धोनी सन् २०१६ सम्म सो कम्पनीमा आवद्ध रहेका थिए भने उनकी पत्नी साक्षी पनि कम्पनीको च्यारिटी संस्थामा जोडिएकी थिइन् । अदालतमा धोनीले आफ्नो करिब ३८ करोड ९५ लाख भारु कम्पनीले भुक्तानी नगरेको बताएका छन् ।

‘आम्रपाली गुपले मेरो २२ करोड ५३ लाख साँवा र १६ करो ४२ लाख ब्याज भुक्तानी गरेको छैन,’ भारतीय क्रिकेट टिमका पूर्व कप्तानले भने । उनका अनुसार भुक्तानीमा ढिलाई भए १८ प्रतिशतको दरले ब्याज तिर्ने सम्झौता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment