+
+

बादल भन्छन्- माओवादीको सम्बन्ध जनतासँग टुट्यो, सुन्धाराका होटलसँग गासियो

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १२ गते १५:४१

१२ भदौ, बिराटनगर । माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले आफूहरुले साम्यवादी ध्येय नभुलेको बताएका छन् ।

पार्टी प्रशिक्षणका लागि बिराटनगर आएका नेता बादलले भन्नुभयो, ‘हामीले प्रगतिशील संविधान निर्माण गरेका छौं । गणतन्त्र, संघीयता जस्ता उपलब्धिहरुलाई संस्थागत गरेर विकास र समृद्धिलाई सुदृढ पार्नेछौं । अबको हाम्रो जोड समाजवादको आधार तयार पार्नु हुनेछ । हामीले साम्यवादी ध्येय भुलेका छैनौं, साम्यवादी आदर्शप्रति हामी दृढ छौं ।’

माओवादी केन्द्रको जनतासँगको सम्बन्ध टुटेको बादलले बताए । उनले भने, ‘हाम्रो जनतासँग सम्बन्ध टुटेको छ । अहिले हाम्रो सम्बन्ध सिंहदरबार र सुनधाराका होटलहरुमा छ, यसरी पार्टी बन्दैन । तपाईहरु आफ्नै कार्यक्षेत्रमा जानुस् जनताको दुःखसुखमा साथी बन्नुस् । यसरी मात्र माओवादी पार्टी र आन्दोलनलाई नयाँ बनाउन सकिन्छ ।

‘एमाले जनताको पार्टी हैन । जनताको परिवर्तनको आन्दोलनमा खास योगदान पनि छैन,’ नेता बादलले भने, ‘तर, जनतालाई भ्रम दिन, कनिका छर्न एमाले सिपालु छ । त्यसलाई हामीले चिर्नुपर्छ । जनसम्बन्ध नयाँ ढंगले सुदृढ गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?