२ ठूला बलिउड चलचित्र पनि कात्तिक २ मै आउने भएपछि नेपाली चलचित्र ‘ऐश्वर्य’ एक साता पछि सरेको छ । कात्तिक २ गतेलाइ प्रदर्शन मिति तोकेर यसको निर्माणपक्षले प्रचार आरम्भ गरिसकेको थियो । तर, अब यो चलचित्र कात्तिक ९ गतेबाट रिलिज हुने भएको छ ।
निर्माता तथा नायक रमेश उप्रेतीले अनलाइनखबरसँग भने-‘हाम्रो चलचित्र सिंगल र मल्टिप्लेक्स दुबै हलमा पुग्ने दर्शकका लागि हो । मल्टिप्लेक्समा दुइ ठूला बलिउड चलचित्र पनि रिलिज हुने भएपछि हामीले कम शो पाउने भयौ । यसैले, कात्तिक ९ गते सोलो रुपमा आउने फाइनल भएको हो ।’
दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाइ, केकी अधिकारी र प्रशान्त ताम्राकार मुख्य भूमिकामा छन् । चलचित्रको ‘तिमी रोएको पल तिमीलाइ’ सर्वाधिक चर्चित भैसकेको छ । कात्तिक २ गते नेपाली चलचित्र ‘रुद्रप्रिया र रानी’, हिन्दी चलचित्र ‘सेक्रेट सुपरस्टार र गोलमाल एगेन’ रिलिज हुँदैछन् ।
प्रतिक्रिया 4