Comments Add Comment

चामल पकाउने २ विधी, जसले क्यालोरी कम गर्न सकिन्छ

अहिले धेरैले आफ्नो मेनुबाट चामल (भात) कटौती गरेका छन् । चामल सेवनले शरीरमा अतिरिक्त क्यालोरी जम्मा हुन्छ । त्यो मोटोपनको कारण बन्न सक्छ । मोटोपनले मधुमेह, उच्च रक्तचाप बढाउन सक्छ । धेरैको धारणा यहि छ ।

यद्यपी चामल पकाउने विधी थाहा भयो भने, त्यसमा रहेको क्यालोरी कम गर्न सकिन्छ । खासगरी मोटोपनको भय भएका र चामल पनि सेवन गर्न रुचाउनेहरुका लागि यो टिप्स उपयोगी हुनसक्छ ।

बिधी- १

यो तरिका एकदमै सामान्य छ । सामान्यतः घरमा भात पकाइरहेको बेला यसको प्रयोग गर्न सकिन्छ । यसका लागि चामललाई कुकरमा होइन, अर्को भाँडमा पकाउनुपर्ने हुन्छ । चामल उमाल्दा सामान्यभन्दा बढी पानी हाल्नुपर्छ । जब चामल उम्लन थाल्छ, तब त्यसको माड निकाल्नुपर्छ । अब चामलमा पानी निथि्रएपछि त्यसमा एउटा कागती निचोरेर त्यसको रस लगाउन सकिन्छ । यसले चामलको क्यालोरी कम हुन्छ । साथै, यो स्वस्थ्यकर पनि हुन्छ । कागतीले गर्दा भिटामिन सि समेत प्राप्त हुन्छ ।

विधी- २

यो तरिका अलि भिन्न छ र अनौठो लाग्न पनि सक्छ । किनभने यसका लागि नरिवलको तेल आवश्यक हुन्छ । नरिवलको तेलमा चामल पकाउनुपर्छ । विधी- १ मा जस्तै यसमा पनि चामल उमालेको समयमा नरिवलको तेल हाल्नुपर्छ ।

अब चामल उमालेको लगभग १० घण्टा फ्रिजमा राख्नुपर्छ । त्यसपछि यसलाई सेवन गर्न सकिन्छ । नरिवल तेलमा रहेको हेल्दी वोसोले स्वास्थ्यमा फाइदा गर्छ । साथै यस क्रममा चामलको रासयनिक संरचनामा हुने परिवर्तनले क्यालोरी पनि कम गर्छ । यो विधीबाट चामलको १० देखि ५० प्रतिशतसम्म क्यालोरी कम गर्न सकिन्छ ।

चामल सेवन गर्नुको फाइदा

१. प्रतिदिन भोजनमा चामल सामेल गर्दा शरीरमा कम्प्लेक्स, कार्बोहाइड्रेट र भिटामिन- बि मिल्छ ।

२. चामल पचाउन सहज हुन्छ । यसले पखला र अपच हुने भय हुादैन ।

३. पिसाब सम्बन्धी समस्या छ भने चामलको पीठोमा सोडा र चिनी मिसाएर पिउनुपर्छ, पिसाबको समस्या हट्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment